ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, अर्का घाइते
काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, पसाहामा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बिहान पौने ७ बजे ना६ख ७०६७ नम्बरको ट्रकले बा८८प ४८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको छ ।
धादिङमा ट्रकको ठक्करबाट पैदलयात्री घाइते
यसैबीच, धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोमा शुक्रबार ट्रकको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको भारतीय नम्बरको ट्रकले रौटहटको चपुरका २० वर्षीय सुरेन्द्र थापालाई बिहान पौने ८ बजे ठक्कर दिएको थियो ।
घाइते थापालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण