रुप ज्योतिलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
शुक्रबार, २२ कात्तिक २०७६, १६ : ३४
काठमाडौं– काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।
हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।
परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताएका छन् ।
ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण