राष्ट्रिय वाणिज्य बैंकद्वारा युवा लक्षित ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम सुरु
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम सुरु गरेको छ । बैंकले प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने तालिम प्रदान गर्ने उद्देश्यले शुक्रबारबाट शुभारम्भ गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँ उपलब्धिबारे सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने बताएका छन् ।
पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कार्तिक १ गते बाट १५ गते सम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो ।
वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण