सागमा अफगानिस्तानले भाग नलिने
काठमाडौं – नेपालमा मंसिर १५ देखि २४ गतेसम्म अयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तानले भाग नलिने भएको छ । एक साता अघि भाग लिने निर्णय गरेको अफगानिस्तानले फेरी भाग नलिने पत्र पठाएको छ ।
अफगानिस्तानले सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागपछि साग नखेल्ने निर्णय गरेको थियो । अफगानिस्तानले सेन्टर एसियामा आफ्नो सदस्यता सारेको थियो ।
तर हालै ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले अफगानिस्तानलाई साग खेल्न निर्देशन दिएपछि भाग लिने तयारी गरेको थियो । नेपालले तयारी अन्तिममा पुगेकोले अफगानिस्तानलाई सागमा सहभागी गराउन प्राविधिक कठिनाई हुने ओसिएलाई जानकारी गराएको थियो ।
विशेषगरी अफगानितानले मार्सल आर्ट्स गेम्समा भाग लिने तयारी गरेको थियो । उक्त कुरालाई नेपालले अस्वीकार गरेपछि अफगानिस्तान साग नखेल्ने निर्णयमा पुगेको हो ।
साग सम्बन्धी दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठक शनिबार काठमाडौंका बस्दैछ । उक्त बैठकले नेपालमा आयोजना हुने सागको विषयमा सबै खाले निर्णय गर्ने बताईएको छ । बैठकको अध्यक्षता नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गर्ने छन् । श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक कमिटिका पनि अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण