कपिल शर्माले डिसेम्बर ११ देखि केही पनि काम नगर्ने, कारण यस्तो
भारतीय हास्यकलाकार चाँडै नै पिता बन्न लागेका छन् । केही महिनाअघि उनले आफ्नी श्रीमती गिन्नी चतरथसँग समय बिताउनका लागि ‘द कपिल शर्मा’ शोबाट १० दिन ब्रेक लिएका थिए । त्यतिबेला कपिल गिन्नीसँग क्यानडा गएका थिए । कपिलले अर्को महिनादेखि पुनः छुट्टी लिने भएका छन् ।
डिसेम्बरमा छुट्टी बस्नेः
कपिलका एक आफन्तले भनेका छन्, ‘कपिल गिन्नी सुत्केरी हुने बेला उनीसँगै बस्न चाहन्छन् । उनले च्यानलसँग डिसेम्बर ११ देखि छुट्टी पनि मागेका छन् । नयाँ वर्षको उत्सवमा उनले कुनै पनि प्रोफेशनल कमिटमेन्ट लिन चाहँदैनन् । उनी यतिबेला कुनै पनि प्रकारको काम गर्ने छैनन् । उनी आफ्नो पूरा समय नीजि जीवनमा व्यतित गर्न चाहन्छन् ।’
जनवरीमा कार्यक्रममा फिर्ता हुनेः
कपिललले एक अन्तर्वार्ताको क्रममा आफू डिसेम्बरमा पिता बन्ने बताएका थिए । कपिलले गिन्नीसँग सन् २०१८ को डिसेम्बर १२ मा विवाह गरेका थिए । ‘द कपिल शर्मा’ शोमा उनी पुनः जनवरीको पहिलो हप्तादेखि फिर्ता हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण