नेपाल विद्यापति पुरस्कारद्वारा चन्द्रशेखर उपाध्याय पुरस्कृत
जनकपुर । नेपाल सरकारद्वारा स्थापना गरिएको मैथिली भाषाको सबैभन्दा ठूलो राशिको विद्यापति पुरस्कारको घोषणा गरिएको छ ।
शनिवार विद्यापति पुरस्कार कोषले पत्रकार सम्मेलन गरी २ लाख राशि रहेकाे पुरस्कारको घोषणा गरिएको हो ।
साहित्यकार चन्द्रशेखर उपाध्यायलाई सो पुरस्कार प्रदान गरिने कोषले जानकारी गराइएको छ ।
धनुषा रघुनाथपुरका उपाध्यायलाई सुदामा चरित्र नामक मैथिली खण्डकाव्यका लागि पुरस्कृत गर्न लागिएको छ ।
त्यस्तै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिवनारायण पण्डितलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
उनले कालो सूर्य नामक नेपाली भाषाको उपन्यास मैथिली भाषामा अनुवाद गरेका छन् ।
नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार धनुषा जनकपुरधामका पत्रकार उपेन्द्र भगत नागवंशीलाई प्रदान गरिने भएको छ ।
यसैगरी नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादवलाई प्रदान गरिने छ भने नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गर्ने निर्णय गरिएको मिश्रले जानकारी दिए । यी पुरस्कारहरुको राशि जनही १\१ लाख रुपैयाँ रहेको छ ।
पुरस्कृत हुनहरुलाई कोषको विधान बमोजिम यही आर्थिक वर्षभित्र एक विशेष समारोहका बीच पुरस्कार प्रदान गरिने कोषले जनाएको छ ।
मैथिली भाषा, कला, साहित्य संस्कृतिमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कृत गर्ने उद्देश्यले नेपाल सरकारले २०६८ साल कार्तिक १८ गते नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरिएको थियो । २०६८ सालमा स्थापना गरिएको कोषले अहिलेसम्म ३० जना श्रष्टालाई पुरस्कृत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण