जुवाखालबाट समातिएका प्रधानमन्त्रीका एडीसीलाई सेनाले प्रहरीमा उपस्थित गरायो
काठमाडौँ । गत कात्तिक १५ गते जुवा खालबाट समातिएका प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ ।
सेनाले आइतबार एक विज्ञप्तिमार्फत उनलाई महानगरीय प्रहरी वृत, महाराजगञ्जमा उपस्थित गराइएको जानकारी गराएको हो ।
‘कार्तिक १५ गते काठमाण्डौं जिल्ला टोखा नगरपालिका वडा नं १० सामाखुशीस्थित खरीबोट ईलाकाबाट जुवामा संलग्न रहेको भनि नेपाल प्रहरीद्वारा पक्राउ गरी श्री सैनिक प्रहरी गण, जंगी अड्डामा बुझाइएका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानको लागि आज प्रहरी समक्ष उपस्थित गराइएको छ । अनुसन्धानको लागि महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट सेनानी राजेन्द्र शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार भई आएकोमा उक्त वृतमा उपस्थित गराइएको हो ।’ सेनाको विज्ञप्तिमा भनिएको छ ।
गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति रहेको स्पष्ट पार्दै सेनाले यस नीतिलाई थप प्रभावकारी बनाउन पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण