सीमा समस्याको दीर्घकालीन समाधान खोज्न अनेरास्ववियूको आग्रह
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को भ्रातृ स–सङ्गठन अनेरास्ववियूले कालापानीलगायतका सीमा समस्या तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आतबार ज्ञापनपत्र बुझाउँदै भारतले हालै सार्वजनिक गरेको नक्सा सच्याउनका लागि तत्काल कूटनीतिक पहल गर्न र नेपालको एक इञ्च पनि जमीन नछाड्न आग्रह गरेको हो ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीले शनिबार आयोजना गरेको सर्वपक्षीय बैठकबाट सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति बनेको भन्दै सरकारले कूटनीतिक प्रयास शुरु गरिसकेको बताए ।
ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालीपानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै मन्त्री ज्ञवालीले परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समस्याको समाधान गर्ने र आवश्यक परेमा त्योभन्दा उच्चस्तरीय तहबाटै भारत सरकारसँग कूटनीतिक संवाद गर्ने तयारीमा सरकार रहेको उल्लेख गरेका थिए ।
अनेरास्ववियूले तथ्य र प्रमाणका आधारमा नेपालको अभिन्न भूभागका रुपमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय दाबीलाई उच्चस्तरीय वार्ता, संवादमार्फत कूटनीतिक तवरले सदाका लागि सीमा समस्या समाधान गर्न, नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मीलाई तत्काल फिर्ता पठाउने वातावरण बनाउन मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएको थियो ।
अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङले सीमा समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक सिमाङ्कन प्रणाली कायम गर्न र सीमा क्षेत्रमा राज्यको बलियो र प्रभावकारी उपस्थिति सुनिश्चित गर्न माग गरेको थियो ।
अनेरास्ववियूले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा नागरिकलाई जागरुप गराएकामा मन्त्री ज्ञवालीले धन्यवादसमेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण