जोगबनीबाट नेपाली रकमको हुण्डी कारोवार गर्ने पक्राउ
आइतबार, २४ कात्तिक २०७६, २२ : २१
विराटनगर-अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय अगाडिको ३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँचको क्रममा विराटनगर–१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र पछाडि बस्ने भारत जोगबनी–१७ का १९ वर्षीय बिक्की कुमारबाट शुक्रबार रु सात लाख बरामद भएको हो जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउँले जानकारी दिए ।
प्रहरीले सोधपुछको क्रममा उक्त रकम विराटनगरका एक व्यापारीलाई बुझाउन प्रति रु एक लाख बराबर रु १०० पारिश्रमिक पाउनका लागि ल्याएको बताएका छन् । निजहरुलाई थप आवश्यक अनुसन्धान र कारवाहीका लागि मूल भन्सार कार्यालय विराटनगर रानी बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण