जोगबनीबाट नेपाली रकमको हुण्डी कारोवार गर्ने पक्राउ
आइतबार, २४ कात्तिक २०७६, २२ : २१
विराटनगर-अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय अगाडिको ३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँचको क्रममा विराटनगर–१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र पछाडि बस्ने भारत जोगबनी–१७ का १९ वर्षीय बिक्की कुमारबाट शुक्रबार रु सात लाख बरामद भएको हो जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउँले जानकारी दिए ।
प्रहरीले सोधपुछको क्रममा उक्त रकम विराटनगरका एक व्यापारीलाई बुझाउन प्रति रु एक लाख बराबर रु १०० पारिश्रमिक पाउनका लागि ल्याएको बताएका छन् । निजहरुलाई थप आवश्यक अनुसन्धान र कारवाहीका लागि मूल भन्सार कार्यालय विराटनगर रानी बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा
-
निजी क्षेत्र कस्तो चाहन्छ आगामी वर्षको बजेट ?
-
बागमतीमा बढ्यो मन्त्रालयकाे सङ्ख्या, आलेकाे तोकियाे जिम्मेवारी
-
नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य