सुत्केरीलाई गाउँपालिका उपाध्यक्षले यस्ता कोसेली दिने
जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ ।
गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए ।
पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए ।
उक्त कार्यक्रमका लागि गाउँपालिकाले रु चार लाख २० हजार रकम विनियोजन गरेको छ । उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ्काटो, सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए ।
उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनले बताए ।
दोगडाकेदार गाउँपालिकाका वडा नं ४, वडा नं ५ र वडा नं ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् ।
पूर्ण पोषणयुक्त घोषणा हुँदै
दोगडाकेदार गाउँपालिकाका दुई वटा वडालाई चालू आर्थिक वर्षभित्रै पूर्ण पोषणयुक्त घोषणा गरिने भएका छन् । दोगडाकेदार गाउँपालिका वडा नं ४ र वडा नं ५ लाई पूर्ण पोषणयुक्त वडा घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।
पूर्ण पोषणयुक्त घोषणाका लागि आवश्यक सूचक पूरा गर्नका लागि दुई वडा लागिपरेका छन् । पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, छ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, प्रत्येक महिना बच्चाको तौल लिएको र पाँच वर्षमुनिका बालबालिकाले वर्षमा दुईपटक भिटामिन ए र जुकाको औषधि खाएको हुनुपर्ने दोगडाकेदार– ५ न्वाली स्वास्थ्यचौकीका इञ्चार्ज नैनसिंह गोयलाले जानकारी दिए ।
यसका साथै एक वर्षभित्र वडामा कुनै पनि बच्चा कुपोषित नभएको, गर्भवती महिलाले टिटीखोप लगाएको, गर्भवती हुँदा प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराएको, हजार दिने आमाको घरमा करेसाबारी हुनुपर्नेलगायतका सूचक हुनुपर्ने उनले बताए ।
पूर्ण पोषणयुक्त घोषणाका लागि गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेको दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण