भारतसँगको सिमानामा सीमा सुरक्षा बल बढाउने तयारीमा सरकार
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतसँगको सीमासम्बन्धी विवाद नयाँ भएको नभइ झण्डै ६ दशकभन्दा बढी यताको विवाद नभएको बताएको छ ।
सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बादलले अहिले फेरि यो विषय समस्याको रुपमा अगाडि आएको भन्दै यसमा नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको बताए ।
‘यो विषयमा नेपाल सरकारले आफ्नो धारणा निरन्तररुपमा राख्दै आएको छ’ उनले भने, ‘नेपालको सीमाना लिम्पियाधुरा काली नदी नै हो भन्ने आएको छ । यो समस्यालाई समाधान गर्नका निम्ति निरन्तर प्रयत्न पनि हुँदै आएको छ । पछिल्लो समयमा दुई देशबीचको सचिव लेभलमा जोइन्ट कमिटी बनेको छ । त्यो माध्यमबाट यो समस्याको समाधान गर्न प्रयास भइरहेको छ ।’
भारतसँगको सीमा समस्या हल गर्नुपर्छ भन्नेमा सिंगो राष्ट्र एकतावद्ध रहेको बताउँदै बादलले समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको पनि बताए ।
सीमा सम्बन्धी सुरक्षाको जिम्मेवारी गृह मन्त्रालयको बताउँदै मन्त्री थापाले दार्चुलामा सीमा सुरक्षा बल रहेको तर विवादित क्षेत्रमा भने नरहेको बताए ।
यस्तै सीमा सुरक्षा बल अपुग रहेको स्वीकार्दै बादलले यसलाई विस्तार गर्ने योजना बनिरहेको पनि बताए । आगामी दिनमा यो समस्या हल गर्ने क्रममा सीमा सुरक्षा सम्बन्धी कामलाई पनि अघि बढाइने बाददले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण