भारतविरुद्ध वैद्य निकट अखिल (क्रान्तिकारी) को प्रर्दशन
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।
सोमबार लैनचौरस्थित भारतीय दुताबास अगाडि विरोध प्रर्दशन गर्दै अखिल (क्रान्तिकारी)मा विद्यार्थी नेता तथा कार्यकर्ताहरुले नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गरेका हुन् । त्यस क्रममा उनीहरुले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर हालै राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।
विरोध प्रर्दशनपछि आयोजित कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले तत्काल नेपाली भूमि फिर्ता गर्न भारत सरकारसँग माग गरे । उनले नेपाली भूमि भारतले फिर्ता नगरे आफूहरु बलिदानीपूर्ण संघषार्न होमिन तयार रहेको पनि बताए ।
विरोध प्रर्दशनमा विद्यार्थीहरुले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, फिर्ता गर’ लेखिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण