इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
सारांश
- नेपाली कांग्रेसको देउवा र कोइराला समूहले राष्ट्रिय भेलाको तयारीबारे निर्णय गर्न कार्यसम्पादन समिति बैठक बोलाउने भएका छन्।
- बैठकले भेलाको व्यवस्थापन, प्रतिनिधि छनोट र विभिन्न उपसमिति गठन गर्नेछ।
- भेलाले पार्टीको आगामी कार्यदिशा तय गर्ने र आन्तरिक एकता मजबुत पार्ने लक्ष्य राखेको छ।
काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले निवर्तमान कार्यसमितिको कार्यसम्पादन समिति बोलाएर आगामी २९ गतेबाट बोलाइएको राष्ट्रिय भेलाको तयारीका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्ने भएको छ।
शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता डा.कोइरालासहितको बैठकले तीन दिनसम्म चल्ने राष्ट्रिय भेलाका लागि विभिन्न समिति गठन प्रतिनिधि छनोटलगायतका विषयमा निर्णय लिन निवर्तमान कार्यसमितिको कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको प्रचारप्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माले भेलाको व्यवस्थापनका लागि आगामी तीन दिनभित्र कार्यसम्पादन समितिको बैठक बोलाइने र त्यसैबाट निर्णय लिइने जानकारी दिए ।
कार्यसम्पादन समिति बैठकले तयारी समितिको संयोजक तोक्ने र त्यस मातहत व्यवस्थापन समिति, राजनीतिक प्रस्ताव तयारी समिति, तथा भ्रातृ संस्था परिचालन समिति जस्ता उपसमितिहरू गठन गर्ने तय भएको विश्वकर्माले बताए।
राष्ट्रिय भेलामा महाधिवेशन प्रतिनिधिहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू, प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिका सभापति तथा सचिवहरू सहभागी हुनेछन्। यसका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई पनि प्रतिनिधिको रूपमा सहभागी गराइने नेता विश्वकर्माले जानकारी दिए।
भेलाअगाडि संस्थापनका तर्फबाट पुनर्मिलनका लागि वार्ताको प्रयास भएमा साङ्गठनिक संरचना र शक्ति बाँडफाँटमा आफ्ना पुरानै मागहरू दोहोर्याउने पनि निर्णय गरेको छ ।
इतर समूहले १४ औँ महाधिवेशनबाट आएको समिति र विशेष महाधिवेशनबाट आएको समितिबाट आएको समितिलाई समायोजन गरेर अगाडि बढ्नुपर्ने माग राखेको छ । तर, संस्थापनले त्यो माग मानिरहेको छैन ।
कांग्रेसले भेलामार्फत पार्टीको आगामी कार्यदिशा तय गर्ने र आन्तरिक एकतालाई मजबुत बनाउने लक्ष्य राखेको छ। यद्यपि, संस्थापन र इतर समूहबिचको शक्ति सन्तुलन र कार्यशैलीमा देखिएको मतभेदलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने विषय अझै निर्क्याैल हुन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण