इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
सारांश
- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन र विद्यार्थी आकर्षण बढाउन त्रिवि उपकुलपति, आइओइ डीन र एकोनका पदाधिकारीसँग छलफल गरेका छन् ।
- मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन र अध्ययनपछि नेपालमै अवसर सिर्जना गर्ने ठोस कार्ययोजना बनाउन आग्रह गरेका छन् ।
- शिक्षा मन्त्रालयले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार, परीक्षण प्रणालीमा सुधार र नीतिगत व्यवस्थापनमा ध्यान दिने मन्त्री पोखरेलले स्पष्ट पारेका छन् ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन तथा यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) का डीन तथा इन्जिनियरिङ कलेजहरूको छाता सङ्गठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, संस्थानका डीन प्रा डा सुशील बहादुर बज्राचार्य, एकोन त्रिवि च्यापटरका संयोजक धन प्रसाद पौडेल लगायतका पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबिच छलफल भएको हो।
मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई नेपालमै अवसर सिर्जना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
उनले नेपालमा इन्जिनियरिङ शिक्षा प्रवर्द्धन तथा गुणस्तर अभिवृद्धिका लागि परीक्षण प्रणालीमा सुधारदेखि नीतिगत व्यवस्थापनमा मन्त्रालयले ध्यान दिने स्पष्ट पारे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्न तथा इन्जिनियरिङ अध्ययनलाई व्यवस्थित र प्रभावकारी बनाएर विद्यार्थी आकर्षण गर्ने गरी लाग्न इन्जिनियरिङ कलेजहरूलाई आग्रह गरे।
शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख तथा सहसचिव श्रीप्रसाद भट्टराईले विश्वविद्यालय अनुदान आयोग (युजिसी)को मापदण्ड अनुसार शैक्षिक गुणस्तरलाई ध्यान दिएर संस्थान अन्तर्गतका इन्जिनियरिङ कलेजमा विद्यार्थी बढाउनुपर्नेमा जोड दिए । उनले सरकारले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधारमा ध्यान दिने र शिक्षामा सबैको पहुँच विस्तार गर्ने गरी काम गरिरहेको उल्लेख गरे।
कार्यक्रममा काठमाडौँ इन्जिनियरिङ कलेजका सञ्चालक एवं एकोनका पूर्वअध्यक्ष इन्जिनियरि हिरेन्द्रमान प्रधान, सगरमाथा इन्जिनियरिङ कलेजका प्रिन्सिपल इन्जिनियर दक्षिणा श्रेष्ठ, कान्तिपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल डा केसर प्रसाई, ललितपुर इन्जिनियरिङ कलेजका निर्देशक ललन तिवारी, नेशनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनप्रसाद पौडेललगायतको सहभागिता थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण