बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु (अपडेट)
खुल्ना– बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ ।
करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको पश्चिम बङ्गालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुबै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ ।
बुलबुलबाट भारतको पश्चिम बंगाल राज्यमा दश जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)ले जनाएको छ । अन्य दुई जनाको ओडिशा राज्यनजिकै मृत्यु भएको छ । बंगलादेशमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य २० घाइते भएका छन् ।
बङ्गलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका जिल्ला प्रशासक मसूद आलम सिद्दीकीले एएफपीलाई बताएका छन् ।
बुलबुलबाट प्रायः माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको प्रकोप व्यवस्थापन सचिव शाह कमलले बताएका छन् ।
बङ्गलादेशको मौसम विज्ञान विभागका अधिकारी डा. अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बङ्गलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण