डडेल्धुरा पुगेर काफ्लेले भने : ‘माफिया’ सरकार डा. केसीलाई तड्पाउन लागि पर्यो

काठमाडौं – नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री एवम् काँग्रेसका युवा नेता कुन्दनराज काफ्लेले डडेल्धुरा पुगेर चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाएका छन् । डा. केसीको समर्थनमा भएको प्रदर्शनमा काफ्लले नेपालको शिक्षा र स्वास्थ्यलाई मर्यादित बनाउने डा. केसीको अभियानमा आफूहरुको पूर्ण समर्थन रहने उनले बताए ।
उनले डा. केसी लोकतन्त्रको आधारभूत मान्यताका लागि अनशन बसेको पनि बताए । उनले भने, ‘लोकतन्त्रको आधारभूत मान्यता भनेको शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो । यो कुरा संविधानले पनि ग्यारेन्टी गरेको छ । त्यही संविधानको कार्यान्वयनका लागि डा. गोविन्द केसी अनशनमा बस्नु भएको छ ।’
वर्तमान सरकार डा. केसीलाई तड्पाउन लागि परेको काफ्लेको आरोप छ । उनले भने, ‘चिकित्सा शिक्षा अध्यायनका लागि आफैले तोकेको शुल्क कार्यान्वयन गराउन सरकार असफल भएको छ । यो हेर्दा सरकार नै माफिया र गुन्डा जस्तो लाग्छ ।’
डा। केसीको सबै नेपालीका लागि अनशन बसेको उनको भनाइ थियो । कात्तिक १८ देखि डा। केसीको १७ औँ अनशन थालेको जारी छ । स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको भन्दै उनलाई जबर्जस्ती हेलिकप्टरमा काठमाडौं लैजान खोजिएपछि थियो ।
तर, डा. केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न इन्कार गरेपछि हेलिकोप्टर उनलाई नलिई फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा