डडेल्धुरा पुगेर काफ्लेले भने : ‘माफिया’ सरकार डा. केसीलाई तड्पाउन लागि पर्यो
काठमाडौं – नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री एवम् काँग्रेसका युवा नेता कुन्दनराज काफ्लेले डडेल्धुरा पुगेर चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाएका छन् । डा. केसीको समर्थनमा भएको प्रदर्शनमा काफ्लले नेपालको शिक्षा र स्वास्थ्यलाई मर्यादित बनाउने डा. केसीको अभियानमा आफूहरुको पूर्ण समर्थन रहने उनले बताए ।
उनले डा. केसी लोकतन्त्रको आधारभूत मान्यताका लागि अनशन बसेको पनि बताए । उनले भने, ‘लोकतन्त्रको आधारभूत मान्यता भनेको शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो । यो कुरा संविधानले पनि ग्यारेन्टी गरेको छ । त्यही संविधानको कार्यान्वयनका लागि डा. गोविन्द केसी अनशनमा बस्नु भएको छ ।’
वर्तमान सरकार डा. केसीलाई तड्पाउन लागि परेको काफ्लेको आरोप छ । उनले भने, ‘चिकित्सा शिक्षा अध्यायनका लागि आफैले तोकेको शुल्क कार्यान्वयन गराउन सरकार असफल भएको छ । यो हेर्दा सरकार नै माफिया र गुन्डा जस्तो लाग्छ ।’
डा। केसीको सबै नेपालीका लागि अनशन बसेको उनको भनाइ थियो । कात्तिक १८ देखि डा। केसीको १७ औँ अनशन थालेको जारी छ । स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको भन्दै उनलाई जबर्जस्ती हेलिकप्टरमा काठमाडौं लैजान खोजिएपछि थियो ।
तर, डा. केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न इन्कार गरेपछि हेलिकोप्टर उनलाई नलिई फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण