सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्न गुरुयोजना ल्याउछु : मन्त्री बीना मगर
बर्दिया । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले देशैभरिको सबै स्थानीय तहसँगको सहकार्यमा खानेपानी र सरसफाइसम्बन्धी गुरुयोजना बनाउन लागेको बताएकी छिन् ।
स्थानीयस्तरमा खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतीसम्बन्धी आज बर्दिया सदरमुकाम गुलरियामा आयोजित अन्तक्र्रियामा उनले भने, “सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्ने गरी गुरुयोजना बनाउन लागिएको हो ।”
उनले अल्पकालीन र दीर्घकालीनरुपमा खानपानीको समस्या हल गर्न सबै स्थानीय तह र प्रदेशलाई बजेट विनियोजन गरिएको जानकारी दिए ।
खानेपानी अभाव भएको गाउँ, नगरमा खानेपानीको व्यवस्था गरी समस्या सामाधान गर्न कर्मचारीलाई सक्रियपूर्वक काम गर्न मन्त्रीले निर्देशन दिए ।
खानेपानीको लागि उपभोक्ता पनि सक्रिय हुनुपर्ने मन्त्री मगरको भनाइ छ । कार्यक्रममा प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्य तिलक शर्माले गरीबका लागि सार्वजनिक खानेपानी टोलटोलमा पु¥याउन आवश्यकता रहेको बताए ।
सङ्घीय सांसद तुलसी थापा र विमला विक तथा प्रदेशसभा सदस्य कुलप्रसाद केसी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलगायतले पनि खानेपानीको समस्या समाधानका विषयमा मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा स्थानीय उपभोक्ताले वर्षौंदेखि आफूहरुले खानेपानीको समस्या झेल्दै आएको बताउँदै यसको समाधानका लागि खानेपानीमा पर्याप्त बजेट विनियोजन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण