१८ वर्षीया छोरीको कुमारित्व परीक्षण गराइरहने र्यापर एवं नायक टिआइको खुलासा
अमेरिकाका चर्चित र्यापर एवं नायक टिआइले आफ्नी छोरीको नीजि जीवनबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । एक कार्यक्रमका बेला र्यापरले वर्षको एकपटक आफ्नी छोरीको कुमारित्व (भर्जिनिटी) परीक्षण गर्ने बताएका छन । उनको यस्तो भनाई पछि उनका प्रशंसक र सिने जगतका हस्तीले रोष व्यक्त गर्न सुरु गरेका छन् ।
अचम्मित भए कार्यक्रमका प्रस्तोताः
टिआइको यो सनसनीपूर्ण खुलासा पछि कार्यक्रमका प्रस्तोता अचम्मित भए । सुरुमा उनलाई टिआइले ठट्टा गरिरहेको सोचे तर पछि उनी आफ्नो बयानका लागि निकै सिरियस भएको देखिएपछि उनी साँच्चै नै जिल्ल परे । र्यापरका अनुसार जब उनकी छोरी कलेज जान सुरु गरिन् तबदेखि छोरीले आफूसँग यौनसम्बन्धि कुराकानी गर्न सुरु गरेको बताए ।
छोरीको जन्मदिनको भोलिपल्टै आफूले उनलाई स्त्रीरोग विशेषज्ञकोमा लिएर जाने र सबैकुरा ठिक भए नभएको परीक्षण गर्ने टिआइले बताए । यद्यपि, यो बयानपछि नै र्यापरलाई सोसल मिडिया प्रयोगकर्ताले गाली गर्न सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

