माछा मार्दा करेन्ट लागेर एकको मृत्यु
बुधबार, २७ कात्तिक २०७६, ०९ : ४४
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शङ्कर विक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण