उपनिर्वाचन २०७६ : सप्तरीमा राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा
सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् । वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमतिअनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेदवार बनाइएको राजपाका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन २०७६ का लागि राजपा र समाजवादीले सहमति गरेका हुन् ।
राजपाका अध्यक्ष मण्डलका सप्तरी संयोजक हरेराम यादव र समाजवादीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवको सहमतिपत्रअनुसार यादवलाई संयुक्त उम्मेदवार घोषणा गरिएको राजपाका सहमहासचिव मण्डलले बताए । यता दुवै पार्टीका नेता कार्यकर्ताले आफ्ना उम्मेदवारलाई विजय बनाउन आह्वान गर्दै चुनाव प्रचार प्रसारमा जुटेका छन् ।
उक्त वडामा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार ४०३ मतदाता रहेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकोमा अहिले २२८ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण