हरिवंश आचार्यको जन्मदिनमा मदनकृष्णले के भने ?
काठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले बुधबार आफ्नो ६३ औं जन्मदिन मनाएका छन् । आफन्त र नजिकका साथीभाईसँग केट काट्दै उनले जन्मदिनको खुसी साटेका हुन् । आचार्यको जन्मदिनको अवसर पारेर रेडियो अडियोले नयाँ बानेश्वरमा एक कार्यक्रम आयोजना गरेको थियो । नेपाली कलाक्षेत्रका हास्य कलाकार उपस्थित कार्यक्रममा हरिवंश निकै भावुक देखिएका थिए ।
उनले थोरै व्यक्तिको समूह मिलेर बनेको महसंचार पछिल्लो समय धेरैको परिवार भएकोमा खुसी ब्यक्त गरे । ‘पहिले महसञ्चार थोरै मानिसहरुको समूह लाग्थ्यो’ उनले भने ‘अहिले सबैको परिवार भएको छ । धेरै खुसी छौ ।’
अर्का कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो र हरिवंशको मित्रता इतिहास भएको बताए । उनले हरिवंशसँग आफ्नो मित्रता कसैले पनि छुटाउन नसक्ने बताए । उनले थपे ‘जति बर्ष यो मित्रता रहन्छ । एउटा इतिहास बन्छ ।’
कलाकार केदार घिमिरे र दीपाश्री निरौलाले ‘हरि भजन’ प्रस्तुत गरेको कार्यक्रममा किरण केसी, दिपकराज गिरी, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, हरिवंशकी पत्नी रमिला लगायतको उपस्थिति रहेको थियो ।
आचार्यको जन्म वि.सं २०१४ साल कात्तिक २७ गते भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण