अवैध र अकुत सम्पत्ति कमाएको अभियोगमा तेह्र जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ ।
घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकलाई पक्राउ गरेको थियोे ।
एउटा मिनी ट्रकमा सय क्युफिट मापदण्ड अनुसारको निर्माण सामग्री पठाउनुपर्नेमा डिपो सञ्चालकहरूले ८२ क्युफिट मात्र पठाउने गरेको उजुरीका आधारमा ठगी मुद्दाका अतिरिक्त सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको हो ।
अपराध महाशाखाका अनुसार, डिपो सञ्चालकहरू पञ्चेश्वर स्वयम्भुका प्रमुख महेश्वर श्रेष्ठ, रन्जित एन्ड रन्जितका रन्जित थापा, धनेश्वर महादेवका सन्तोष कुँवर, खाँडादेवीका प्रकाश भण्डारी र कामनाका बद्री गिरीको सम्पत्ति छानबिनका लागि अनुसन्धान सुरु गरिएको हो ।
त्यस्तै, शुभकामनाका सञ्चालक सुरेन्द्र केसी, महालक्ष्मीका लक्ष्मण श्रेष्ठ, बज्रका वीरेन्द्र कुइँकेल, गरिमाजका श्याम मगर, जेबीएसका सन्देश लामा र माधव पण्डितविरुद्ध थप कानुनी प्रक्रिया अगाडि बढाइएको महाशाखा प्रमुख सहकुल थापाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण