शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड २०१९’
काठमाडौं– शिवम् सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१९बाट सम्मानित गरिएको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले प्रदान गर्दै आएको एनएस क्वालिटी अवार्ड यो वर्ष शिवम्ले पाएको हो ।
विभागले प्रदान गर्ने तिन अवार्ड मध्ये यस वर्ष तिनै विधामा सिमेन्टले पाएको हो। शिवम्ले पहिलो स्थान ओगट्न सफल भयो भने क्रमशः मारुती सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्ट दोस्रो र तेस्रो स्थानमा पर्न सफल भए ।
बालाजु माछापोखरी स्थित नेपाल नापतौल तथा गुणस्तर विभागले आयोजना गरेको अवार्ड वितरण तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले क्वालिटीमा सिमेन्ट उद्योगहरु जिम्मेवार बन्दै गएको बताए ।

उद्योग मन्त्री मात्रिका प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने भनिए पनि स्वास्थ अवस्था प्रतिकुल भएकाले मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बिजेता उद्योगहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण