कालापानी विवादबारे नेपाली जनसम्पर्क समिति भारत पुग्यो भारतीय विदेश मन्त्रालय
काठमाडौं । भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक आफ्नो भूभागमा पारेपछि नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतकोले आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयमा पुगी सीमा समस्या समाधानको लागि ध्यानाकर्षण गराएका छन् ।
साथै समितिको ८ सदस्यीय प्रतिनिधि मण्डलले भारतीय विदेश मन्त्रालयमा ज्ञापपत्र पनि बुझाएको छ ।
दिल्लीस्थित नेपाली दूतावासको माध्यमबाट र नेपाल सरकारको पहलमा कूटनीतिक ढङ्गले यो समस्याको समाधान खोज्न समितिले आग्रह गरेको छ । नेपालको भूमि कुनै पनि ढङ्गले अतिक्रमण गर्ने कार्य आफ्नो लागि अस्वीकार्य रहेको समितिले जनाएको छ ।
सबैको साथ पाउँदा पनि भूमि अतिक्रमणका विषयमा प्रधानमन्त्री केपी ओली मौन बस्नुको कारण देश र प्रवासमा रहेका लाखौँ नेपालीले जान्न चाहेको समितिले जनाएको छ । नेपाली जनताको भावनाको सम्मान गर्दै अभिलम्ब कूटनीतिक पहल शुरु गर्न समितिले जोडदार माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण