कंगोमा इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग शुरु
गोमा– अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला संक्रमण विरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ । विगत १५ महिनादेखि फैलिएको इबोलाका कारण मुलुकको पूर्वी क्षेत्रमा त्रासको वातावरण छ ।
परोपकारी संस्था सीमाविहीन चिकित्सक (डब्टर्स विदाउट बोर्डर्स) का अनुसार आगामी चार महिनाभित्र करिब ५० हजार मानिसलाई यो खोप दिइने छ । यो खोप विश्वप्रसिद्ध औषधि उत्पादक तथा अनुसन्धाता जोन्सन एन्ड जोन्सनको बेल्जियमस्थित एक सहायक कम्पनीले तयार पारेको हो ।
गत वर्ष नै शुरु भएको खोप अभियानका क्रममा दुई लाख ५० हजार भन्दा बढीलाई खोप दिइएको छ, र त्यसमा सबैजसो स्वास्थ्यकर्मीलाई समेटिएको छ । कंगोको उत्तरी किभु प्रान्तमा अगस्ट २०१८ मा इबोलाको संक्रमण पहिलोपटक देखिएको थियो । त्यसपछि यो रोग छिमेकी प्रान्त इटुरी र दक्षिण किभुमा फैलिएको थियो । राज्यको उपस्थिति नै कम रहेका यी क्षेत्रहरु उगान्डा, रुवान्डा र बुरुन्डीसँग सीमा जोडिएका छन् ।
पछिल्लो विवरण अनुसार यस रोगबाट हालसम्म कंगोमा मात्र २ हजार १९३ जनाको ज्यान गइसकेको छ । कंगोमा इबोला फैलिएको यो दशौं पटक हो । पश्चिम अफ्रिकामा सन् २०१४–१६ को अवधिमा फैलिएको यो संक्रमणबाट कंगोमा त्यसबखत ११ हजार ३०० जनाको मृत्यु भएको थियो ।
परोपकारी संस्था एमएसएफका अनुसार गोमा प्रान्तको राजधानी उत्तरी किभुमा बिहीबार बिहान १५ जनालाई नयाँ खोप दिएर खोप कार्यक्रम शुरुआत गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमितको मृत्यु हुने सम्भावना ९० प्रतिशतसम्म रहेको छ । – एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण