अक्षय कुमारले फोटो सेयर गर्दा कपिल शर्माले भने, ‘तपाईंको भन्दा मेरै अघि आउँछ ‘गुड न्यूज’’
अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ क्रिसमसको मौकामा रिलिज हुनेछ । यो फिल्ममा उनीसँग करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणी पनि देखिनेछन् ।
अक्षय कुमारले यो फिल्मको पहिलो पोस्टर सेयर गरेका छन् । उनले सेयर गरेको यो पोस्टरमाथि निकै प्रतिक्रिया आइरहेका छन् । भारतका हास्यकलाकार कपिल शर्माले पनि ट्वीटमार्फत् आफ्नो प्रतिक्रिया दिएका छन् ।
अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ को पोस्टर सेयर गर्दै कपिल शर्माले लेखे, ‘बधाई छ । पोस्टर निकै राम्रो देखिएको छ तर मेरो गुड न्यूज तपाईंको भन्दा अघि आउँछ । अल द बेस्ट टीम गुड न्यूज ।’
Congratulations paji .. poster is looking very nice, but my good news is coming before ur good news 😜 hahahaha, all the best team #GoodNews https://t.co/8mSvwblMSp
— Kapil Sharma (@KapilSharmaK9) November 14, 2019
कपिल शर्माले यसो भनेर गुड न्यूज फिल्म रिलिज अगावै उनको सन्तानको जन्म हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ
-
लुम्बिनी प्रदेशमा जलाधार क्षेत्र संरक्षण विधेयक आउँछ : सभामुख घर्तिमगर
-
रातोपाटीकर्मी शाही सम्मानित
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै