नयाँ आईफोन ११ र ११ प्रो नेपालमा, मूल्य कति ?
काठमाडौं– एप्पल प्रोडक्टको नेपालको लागि आधिकारिक बिक्रेता इेभोस्टोरले नेपालमा नयाँ आईफोन ११ र ११ प्रो भित्र्याएको छ ।
कम्पनीले आईफोन ११ र ११ प्रोका सुविधाहरूमा सुधार गर्दै विक्रीका लागि ल्याएको हो । सुधार पनि व्यक्तिहरूले दिनभरिको विभिन्न लोड सुविधाहरूको साथ धेरै प्रयोग गर्न सक्नेछन् ।
नयाँ आईफोनको साथ इभोस्टोरले बिभिन्न इभोस्टोर एक्सक्लुसिभ अफर पनि पेश गरेको छ । इभोस्टोरको एप्पल प्रोडक्टस् समर्पित शोरूम लबिम मल, शेर्पा मल, मर्कन्टाइल प्लाजा, मिड टाउन ग्यालरिया र होटल तिब्बत इन्टरनेशनलमा छ ।

एप्पलले आईफोन ११ मा डुअल क्यामेरा प्रणाली र आईफोन ११ प्रोमा ट्रान्सफार्मेटीव ट्रिपल क्यामेरा प्रणाली ल्याएको छ । साथै, नयाँ अल्ट्रा वाइड र वाइड क्यामेरा जुन आईओएस वान थ्रीमा गहिरो रूपमा एकीकृत छ ।
नयाँ आईफोन ११ बैंगनी, हरियो, पहेंलो, कालो, सेतो र नयाँ उत्पादन (रेड) र आईफोन ११ प्रो मा चार भव्य फिनिशका साथ सुन्दर नयाँ मिड नाइट ग्रिनसहित उपलब्ध छ । आईफोन ११ तीन फरक भेरियन्टमा उपलब्ध छनः ६२जबी, १२८ जीबी र २५६जीबी । त्यसैगरी आईफोन ११ प्रो ६४जीबी, १२८जीबी र २५६जीबी ।

आईफोन ११ को मूल्य एक लाख १५ हजार तोकिएको छ भने आईफोन ११ प्रोको मूल्य एक लाख ६२ हजार बाट सुरुवात गरिएको छ ।
नयाँ आईफोन ११ र प्रोको प्रि बुकिङ्ग २९ कार्तिक आजदेखि सुरु भएको छ । पहिलो १०० प्रि बुकिङ्ग ग्राहकहरूले निस्शुल्क ब्याक कभर र टेम्पर्ड ग्लास प्राप्त गर्नेछन् र पहिलो ५० ग्राहकले फ्रि बेल्कीन वायरलेस चार्जर प्राप्त गर्नेछन् ।

यसबाहेक, इभोस्टोरले लक्की ड्र अफर केवल ईभोस्टोर ग्राहकहरुलाई मात्र बोस क्यूसी३५आईआई (१ युनिट), एयरपोडस् २ (२ युनिट) बोस साउण्डलिंक माइक्रो (५ युनिट) भाग्यशाली विजेताहरुका लागि र सबै ग्राहकहरुका लागि निःशुल्क एक जीबी एनसेल डाटा प्रदान गर्दै छ ।
नयाँ आईफोन मंसिर ६ देखि सबै इभोस्टोर शोरूममा उपलब्ध हुनेछ । इभोस्टोरले आफ्ना ग्राहकहरूलाई देशको वित्तीय संस्थासँगको सहकार्यमा सजिलो फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण