नौलो संगमलाई सयपत्रीको उपाधि
बुटवल । रुपन्देहीमा सम्पन्न स्वः ज्ञान बहादुर गुरुङको स्मृतिमा आयोजित चौथो सयपत्री नकआउट फुटवल प्रतियोगिताको उपाधि सुनौलो संगम युवा क्लबले जितेको छ ।
शनिबार भएको फाइनलमा खेलमा फर्साटिकर युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगमले उपाधि चुमेको हो । उपाधिसँगै सुनौलो संगम नगद २ लाख २ हजार २ सय २२ रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
उपविजेतामा चित्त बुझाएको फर्साटिकर नगद १ लाख १ हजार १ सय ११ रुपैया कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
रामनगर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुनौलो जितमा फर्साटिकरका आकाश रानाले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।
सुनौलो संगमको मोहन थापाको क्रसलाई फर्साटिकरका डिफेन्स आकाश रानाले बचाउने क्रममा गोल भएको थियो । खेलमा फर्साटिकरका सुरज हमाल म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा सुनौलो संगमका मोहन थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार र कपबाट पुरस्कृत भए ।
यसैगरि सुनौलोका कान्छा गुरुङ उत्कृष्ट अग्रपंक्ति खेलाडी, युगल थापा उत्कृष्ट गोलकिपर, आशिष गुरुङ उत्कृष्ट रक्षक, फर्साटिकरका ध्रुव राई उत्कृष्ट मध्यपंक्तिका रक्षक बन्दै नगद ५–५ हजार रुपैयाँसहित कपबाट पुरस्कृत भए ।
कात्तिक १९ गतेबाट शुरु भएको प्रतियोगितामा नवलपरासी, नवलपुर, चितवन, पाल्पा, कपिलबस्तु र रुपन्देहीका १२ टिमहरुले भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण