एनआईसी एशिया बैंक पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लियो
काठमाडौं। एनआईसी एशिया बैंक पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लिएको छ। बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले नाफा बढाएको हो। असोज मसान्तसम्मको अवधिमा बैंकले एक अर्ब रुपैयाँ नाफा गरेको जनाइएको छ ।
असारदेखि अहिलेसम्म बैंकको निक्षेप संकलन १.३६ प्रतिशत मात्रै बढेको छ । बैंकले यो अवधिमा ८.१५ प्रतिशतले कर्जा विस्तार गरेको छ। त्यस्तै बैंकले तीन महिनाको अवधिमा १ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५४ अर्ब रुपैयाँ ऋण लगानी गरेको जनाएको छ भने नाफामा उल्लेख्य सुधार देखिए पनि व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी भने १.२२ प्रतिशतले घटेको जनाएको छ । यस्तो आम्दानी एक अर्ब ८४ करोड रुपैयाँ छ। गत वर्ष एक अर्ब ८६ करोड रुपैयाँ थियो।
चुक्ता पूँजी ९ अर्ब ७१ करोड रहेको बैंकको जगेडा कोषमा चार अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। निक्षेप तथा कर्जा विस्तारमा आक्रामक देखिएको बैंकले ऋणपत्र मार्फत पूँजीकोष अनुपातलाई सन्तुलन कायम गर्न सफल भएको छ।
बैंकको आधार व्याजदर १०.७७ प्रतिशतबाट घटेर ९.५१ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ५.१० प्रतिशत छ। यो गत वर्षको भन्दा कम हो। बैंकले प्रतिशेयर आम्दानी ४० रुपैयाँ पुर्याएको छ भने एक वर्षमा चार रुपैयाँले प्रतिशेयर आम्दानी बढाएको जनाएको छ। चालू वर्षमा बैंकको पूँजी कोष अनुपात १२.०४ प्रतिशत रहेको छ भने गत वर्ष १२.४८ प्रतिशत थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण