नेपाल बैंकद्वारा २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन
आइतबार, ०१ मङ्सिर २०७६, १२ : ४३
काठमाडौं– नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड बराबरको डिबेन्चर वार्षिक १०% व्याज सहित सात वर्षको लागि निष्काशन गरेको छ । बैंकले डिबेन्चर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंकको “१०% एनबिएल डिबेन्चर २०८३” २ अर्ब ५० करोड बराबरको डिबेन्चर १०% व्याज सहित सात वर्षको लागि निष्काशन गर्न लागेको हो । कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ ।
उक्त कार्यको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीचमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण