सिद्धार्थ राणा लगातार छैटौंपटक सर्वाधिक आयकर तिर्ने करदाता बने
आइतबार, ०१ मङ्सिर २०७६, १९ : ११
काठमाडौं– उद्योगी व्यवसायी सिद्धार्थ राणा लगातार छैटौंपटक सर्वाधिक आयकर तिर्ने करदाता बनेका छन् । कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा राणाले लगातार छैटौं पटक सर्वोत्कृष्ट व्यक्तिगत करदाताको सम्मान पाए ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपाल सञ्चालक समितिका निर्देशक राणा कार्यक्रममा उपस्थिति थिएनन् । उनको तर्फबाट सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहालले सम्मान ग्रहण गरेका थिए । उनले तिरेको करको रकम भने सार्वजनिक भएको छैन ।
सिद्धार्थ राणाकै कम्पनी सिप्रदी ट्रेडिङ पनि सर्वाधिक कर तिर्ने कम्पनीको सूचीमा अग्रस्थानमा रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण