कुवेतसँग भिड्दै नेपाल
काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ । भुटानको थिम्पुस्थित हुने खेलमा नेपालले कुवेतसँग अंक खोस्ने दावी गरेको छ । यसअघि कुवेतमा भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो ।
दशरथ रंगशालाको निर्माण कार्य नसकिएका कारण नेपालले कुवेतसँग न्युटन भेन्युको रुपमा थिम्पुमा खेल्न लागेको हो । टोलीका प्रशिक्षक योहान कालिनले खेलाडीमा कुवेतलाई रोक्ने आम विश्वास रहेको बताए । कालिनको टोलीमा महत्पूर्ण चार खेलाडी छैनन् ।
भुटान जानुअघि मध्यराती ठमेलको नाइट क्लबमा गएर मादक पदार्थ सेवन गरी झगडा गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई टोलीबाट हटाएको थियो । प्रशिक्षक कालिनले टोलीमा अरुपनि राम्रा खेलाडी रहेको बताएका छन् ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् । नेपालले यसअघि चारवटै खेल खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो । नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार खेपेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण