पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
काठमाडौँ । नेपालीका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशाङ्क कोइरालाले पार्टीभित्रको मतभेद र असन्तुष्टिलाई समयमै सम्बोधन गर्दै पार्टी एकतालाई कायम राख्न आग्रह गरेका छन् ।
४४ औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता कोइरालाले बीपी इरालाले राजनीतिलाई सत्ताहित भन्दा राष्ट्रहितलाई केन्द्रमा राखेर गरेको राजनीतिलाई सबै कांग्रेसीजनले अनुसरण गर्नुपर्ने बताए ।
‘बीपीले राजनीतिलाई सत्ताहितका लागि नभई राष्ट्रहित र जनहितका लागि गर्नुभयो’, डा.शशाङ्कले भने, बीपीले लिएको समाजवाद र मेलमिलापको नीति अहिले पनि उतिकै आवश्यक छ ।’
उनले पार्टीभित्रका असमझदारी, अस्वस्थ प्रतिस्पर्धा र विवादले पार्टीलाई कमजोर र नागरिकमा नकारात्मक असर पर्ने कुराबारे अहिलेको नेतृत्वलाई ध्यान दिन पनि आग्रह गरे ।
‘बीपीको नीति पनि संवाद र सहकार्यको नीतिले पनि यही प्रेरणा दिन्छ’, उनले भने, ‘आरोप र प्रत्यारोप छाडेर पार्टीको एकता र सहकार्यका लागि अपिल गर्दछु।’ पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेदलाई समयमै सम्बोधन गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको कोइरालाको भनाइ छ।
उनले कांग्रेस नेता कार्यकर्ताको भावनाअनुसार एकताबारे सम्बोधन गर्नुपर्ने भन्दै समयमै यसबारे नसोचे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार अहिलेको नेतृत्वले नै लिनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण