गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रका सबै पक्षलाई समेटेर एकताबद्ध कांग्रेस निर्माण गर्न विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापासँग आग्रह गरेका छन् ।
गच्छदारले असहमत पक्षलाई सहमतिमा ल्याएर मात्र १५ औँ महाधिवेशन गराउन सुझाव दिए ।
नेता गच्छदारले विगतका नेतृत्वको उदाहरण दिँदै पार्टी मिलाउन नेतृत्वले ठुलो छाती बनाउनुपर्ने उल्लेख गरे । ‘मैले कांग्रेसमा धेरै सभापतिहरू देखेको छु र उहाँहरूले पार्टी कसरी मिलाउनुहुन्थ्यो भन्ने पनि नजिकबाट हेरेको छु,’ उनले भने, ‘कृष्णप्रसाद भट्टराईले त विष पान गरेर पनि पार्टी एक बनाउनुभएको थियो ।’
कांग्रेसमा विगतका ‘३६’ र ‘७४’ समूहका बेला अहिलेको भन्दा ठुलो विवाद भए पनि अन्ततः पार्टीलाई एकताबद्ध राखिएको उनले स्मरण गरे ।
थापालाई पार्टीभित्र अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्दै गच्छदारले उमेर र सम्बन्धको प्रसङ्ग पनि उल्लेख गरे । आफ्नो छोरा ५० वर्षको रहेको र गगन थापा ५२ वर्षको रहेकाले आफूले स्नेहपूर्वक सम्बोधन गर्न पाउनुपर्ने भन्दै गच्छदारले सबैलाई समेटेर राम्रो सन्देश प्रवाह गर्न आग्रह गरे । ‘अदालतबाट आधिकारिकता पाएपछि पुराना कांग्रेस, नयाँ कांग्रेस र तपाईंसँग असहमत भएका कांग्रेसलाई नमिलाई अगाडि बढ्न खोज्नुभएको हो ? सबैलाई मिलाएर अगाडि बढ्नुस् र बलियो कांग्रेसको सभापति बन्नुस्,’ गच्छदारले भने ।
गच्छदारले गगन थापा बाटो बिराएको भए पनि ४४ औँ पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर आफ्नो धारणा राखेको भए राम्रो सन्देश जाने धारणा व्यक्त गरे ।
कांग्रेसको वास्तविक भावना र आत्मा अहिले आफूहरू रहेको स्थानमा रहेको तर संस्थापन पक्ष सानेपामा रहेको टिप्पणी गर्दै उनले असहमत पक्षलाई सहमतिमा ल्याएर मात्र आगामी १५ औँ महाधिवेशन सम्पन्न गर्न नेतृत्वलाई आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण