मन्त्रिमण्डल परिवर्तनबारे समाचारको खण्डन गर्दै प्रचण्डले भने, ‘यो प्रमको क्षेत्राधिकारको विषय’
काठमाडौँ । वर्तमान सरकारको मन्त्रिमण्डल परिवर्तनबारे विभिन्न भ्रामक समाचारहरु आइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले त्यसको खण्डन गरेको छ ।
सचिवालयले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित–प्रकाशित अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना गरेको हो ।
‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ,’ प्रचण्डको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि, अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हटाउन चाहेको र खानेमन्त्री विना मगरलाई यथावत राख्न चाहेको तर त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको समाचार बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण