सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा, यस्ता छन् फिचर्स (भिडियो सहित)
काठमाडौं– नेपालका लागि सुजुकी ‘फोर–ह्वीलर’ तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयूभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयूभी’ सार्वजनिक गरेको छ ।
‘बोल्ड अनि पावरफुल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’ अरुभन्दा भिन्न देखिन्छ । ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ ।
१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस–प्रेसो’ अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत विक्रीवितरण हुनेछ । सुजुकीले ‘एस–प्रेसो’मा ‘वेस्ट–इन–क्लास’ फिचरहरु समेत लोड गरेको छ ।
सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘हामीले ‘ग्राहक नै पहिलो प्राथमिकता’ भन्ने आदर्शलाई सदा अनुशरण गर्दै आएका छौं । ग्राहकको दैनिकीलाई सहज बनाउन समयसापेक्ष उत्पादन उपलब्ध गराउन हामी प्रयत्नरत छौं । ‘एस–प्रेसो’को लन्च हामी हाम्रा ग्राहकका लागि ‘बेस्ट भ्यालु प्राइस’मा ‘बेस्ट इन डिजाइन, टेक्नोलोजी र सेफ्टी’ उपलब्ध गराउन प्रतिबद्ध छौं भन्ने तथ्यलाई प्रमाणित गरेको छ । ‘एस–प्रेसो’ बीएस ६ मापदण्डमा आधारित छ जुन वातावरण संरक्षणप्रति प्रतिबद्ध मापदण्ड हो । हामीलाई विश्वास छ, ‘एस–प्रेसो’ले यो सेग्मेन्टमा नयाँ उत्साह सिर्जना गर्नेछ,।’
दमदार एक्सटेरियर
नयाँ सुजुकी ‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयूभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयूभीको स्वरुप दिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’को अनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’ दिएको छ ।
साथै, ‘१८०एमएम हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरुपलाई आर१४ टायरजडित वर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइदिएको छ ।
यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइदिएको छ । चौडा ‘सि–सिग्नेचर टेल ल्याम्प’लाई थोरै माथि सारिएको छ जसले यसको उपस्थितिलाई बलियो मात्र बनाएको छैन सडकमा सहजै चिन्नसकिने बनाएको छ ।
‘युनिक र युथफुल’ इन्टेरियर
सुजुकी ‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’ दिएको छ । यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ जुन ‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेषगरी युवा ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’ दिलाउनुका साथै नयाँ प्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ ।
‘एस–प्रेसो’को ‘सिटिङ लेआउट’ थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’ प्रत्याभुत गर्छ । यसमा पर्याप्त ‘लेग रुम’समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याक कलर स्किम’सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवा ग्राहकमा उत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ ।
‘एस–प्रेसो’को अगाडि र पछाडिको भागमा ‘युटिलिटी स्पेस’को पनि व्यवस्था गरिएको छ । यसमा ‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता धेरै ‘स्टोरेज अप्सन’हरु रहेका छ ।

रोमाञ्चक यात्राको लागि नयाँ ‘टेक्नोलोजी’
‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमा म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन ‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’ वा अन्य कुनै ‘स्मार्टप्ले स्टुडियो एक्प कम्पेटिबल’ छ ।
‘एस–प्रेसो’मा बजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस६ मापदण्डमा आधारित ‘के टेन’ इन्जिन रहेको छ जसले पर्फमेन्समा कुनै सम्झौता नगरी अद्वितीय माइलेज दिन्छ ।
‘सेफ्टी फिचर’
यात्रु र बटुवाको सुरक्षा प्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस–प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ ।
‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षा प्रत्याभुत गर्छ ।
यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण