मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, अन्य ९ बिरामी
मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् ।
शनिबार साँँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए । मासु खाएपछि बान्ता हुने, झाडापाखालालगायतका लक्षण देखिएको बताइएको छ । शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो ।
मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की बिरामी परेका छन् ।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण