अर्थतन्त्रमा जोखिम बढ्दै
विश्व बैंकको एक प्रतिवेदनले नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा जोखिम बढ्दै गएको देखाएको छ । दक्षिण एसियाको झण्डै दुई तिहाईभन्दा बढी अर्थतन्त्र ओगटेको भारतमा आएको आर्थिक मन्दी र यसको कारणका साथै अन्य देशहरुको आर्थिक विकासमा देखिएको उतारचढावको कारण यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रको जोखिम बढाएको तथा भारतमा परेको आर्थिक मन्दीको असर प्रत्यक्ष रुपमा पर्ने नदेखिएपनि अप्रत्यक्ष रुपमा पर्ने देखिएको हो । निर्यात कम, कृषि उत्पादनमा गिरावट नआउनु तथा रेमिट्यान्समा असर नपरेको कारण प्रत्यक्ष रुपमा नेपालमा असर नपरेपनि भारतप्रतिको व्यापार परनिर्भराताले यसमा असर पार्न सक्ने प्रतिवेदनले औंल्याएको छ ।
मंगलबार विश्व बैंक ग्रुप र इन्सिच्युट फर इमिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सार्वजनिक गरेको सन् २०१९ मा दक्षिण एसियाली आर्थिक फोकस प्रतिवेदनमा आप्रवासी प्राप्त देशहरुमा भौगलिक तनाव र तेलको अनिश्चितताले मूल्यमा पार्ने प्रभावको कारण रेमिट्यान्समा प्रभाव पार्नसक्ने जनाएको छ । रेमिट्यान्स वृद्धिमा कमी आएमा वित्तीय प्रणालीमा असर गर्नसक्ने जनाएको छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण