आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

शुक्रबार, ०२ भदौ २०७४, १८ : १५
शुक्रबार, ०२ भदौ २०७४

सिरहा–ईलाका प्रहरी कार्यालय गोलबजारले अवैधरुपमा गागन खोलाबाट बालुवा निकालिरहेका तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । 

खोलाबाट बालुवा झिकिरहेको बेला सत्यनारायण यादवको स.१ त ३७०१, विजय साहको स. १ त. ४३६० र दिनेश यादवको ना. ४ ख ११४२ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो । 

ईलाका प्रहरी कार्यालय गोबजारका सई दिलवहादुर दनुवारका अनुसार खोलाबाट बालुवा निकालिरहेका बेला प्रहरीको गस्ति टोलिले ट्याक्टर नियन्त्रणमा लिएको हो । 

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर जिल्ला समन्वय समितिमा बुझाएको प्रहरीले जनाएको छ । प्रहरीको आँखा छलेर ट्याक्टर संचालकहरुले खोलाबाट वालुका निकाल्ने गरेका  छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप