करको सदुपयोग गर्नु सरकारको दायित्व हो : मन्त्री राई
बुधबार, ०४ मङ्सिर २०७६, १८ : ४८
बाँके । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कालापानी र लिपुलेक नेपालको भू–भाग भएकाले सरकारले फिर्ता ल्याएरै छाड्ने बताएका छन् ।
बुधबार नेपालगञ्जमा भएको सिस्नुपानी नेपालको प्रस्तुति करमैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले करमैत्री वातावरण निर्माणका लागि वर्तमान सरकारले उद्योगी व्यवसायीसँग निरन्तर सहकार्य गर्दै आएको बताए ।
उनले कर तिर्नु सबै नागरिकको कर्तव्य भएकाले त्यसको सदुपयोग गर्नु सरकारको दायित्व रहेको बताए ।
मन्त्री राईले कूटनीतिक वार्ता र छलफलका माध्यमबाट कालापानी र लिपुलेक फिर्ता गरिने बताए ।
कार्यक्रममा सिस्नुपानी नेपालको तर्फबाट हाँस्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नामे, शिशिर योगीलगायतले करको विषयसम्बन्धी विभिन्न व्यङ्ग्यात्मक रचना प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण