एमालेको सूर्य चिन्हमा चुनाव लडेका त्रिपाठीलाई छैटौँ वरियता, रामवीर पुछारमा !
काठमाडौँ । तत्कालीन एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लडेका हृदयेश त्रिपाठीले केपी शर्मा ओली नेतृत्वको क्याबिनेटमा छैटौँ वरियता पाएका छन् । यसअघि पटक पटक मन्त्री बनिसकेका उनी राजपा नेपाल परित्याग गरेर स्वतन्त्र हैसियतामा एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । उनले काँग्रेस उम्मेदवार देवकरण प्रसाद कलवारलाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो सिट सुरक्षित गरेका थिए ।
स्वतन्त्र हैसियतमा चुनाव लडेपछि उनी तत्कालीन एमाले र एकीकरणपछि नेकपामा प्रवेश गर्ने भनेर चर्चा हुँदै आएपनि प्रवेश भने हालसम्म गरेका छैनन् । बेलाबेला सरकारको कार्यशैलीको आलोचना समेत गर्दै आएका उनलाई ओलीले छैटौ वरियतासहित मन्त्री बनाएका हुन् । उनीमाथिको वरियतामा प्रधानमन्त्री र दुई उपप्रधानमन्त्रीसहित मन्त्रीहरु रामबहादुर थापा, प्रदीप कुमार ज्ञवाली रहेका छन् ।
यस्तै नवनियुक्त मन्त्रीहरु घनश्याम भुसालको वरियता नवौँ, लेखराज भट्टको ११ औँ, रामेश्वर राय यादवको १४ औं, बसन्त कुमार नेम्वाङको २१ औँ र पार्वत गुरुङको २२ औं वरियता कायम गरिएको छ ।
यस्तै राज्यमन्त्री बनेकाहरु मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरको क्रमशः २३ औँ, २४ औँ र २५ औँ वरियता कायम गरिएको छ । काठमाडौँ क्षेत्र नम्बर ७ बाट निर्वाचित उनी ओली क्याबिनेटको अन्तिम वरियतामा रहेका छन् । उनले नेकपा नेता बामदेव गौतमलाई आफ्नो निर्वाचन क्षेत्र छाड्न तयार भएका थिए । उनको सो निर्णयको विरोध हुनुका साथै वामदेवको पक्षमा प्रतिकूल माहोल देखिने भएपछि सो प्रकरण त्यसै सेलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण