चुनाव जिताउनुस् ढकाललाई मन्त्री बनाउने पक्का : वामदेव गौतम
भक्त्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्वउपप्रधान वामदेव गौतमले उपनिर्वाचनमा निर्वाचित भएपछि नेकपाका उम्मेदवार डिपी ढकाललाई प्रदेशको मन्त्री बनाउने नेकपाको सचिवालयमा समेत छलफल भएको बताएका छन् ।
यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवार ढकालका लागि भोट माग्न आज नेकपाले वागेश्वरीमा आयोजना गरेको घरदैलो कार्यक्रममा उनले ढकाललाई मन्त्री बनाउने तय भएको बताएका हुन् ।
उनले ढकाल मन्त्री भएपछि यसक्षेत्रको पर्यटन र भौतिक संरचनाको विकासका लागि रु दुई करोडसम्मको बजेटको कार्यक्रम सङ्घीय सरकारले स्वीकृत गर्नेसमेत निर्णय भएको बताउँदै यो क्षेत्रको विकासका लागि उपयुक्त उम्मेदवार ढकाल मात्रै भएको दाबी गरे ।
सांसद महेश बस्नेतले उपनिर्वाचनमा सूर्यलाई अन्य कुनै हत्केलाले छेक्न नसक्ने टिप्पणी गर्दै नेकपाको जित सुनिश्चित रहेको भनाइ राखे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सांसद रामेश्वर फुँयाल, नेकपा केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नेकपा भक्तपुर अध्यक्ष बचन देउजा लगायतको सयाँैको टोलीले मतदाताको घरदैलोमा पुगेर भोट माग्नुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण