सागको ओलम्पिक टर्च सातै प्रदशेमा
काठमाडौं । नेपालमा मंसिर १५ गतेदेखि सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातवटै प्रदेशका मुख्य शहरमा पु¥याइने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च ¥यारी गर्न लागेको हो । टर्च ¥यारी सुक्रबार काठमााडैंको स्वयम्भूबाट सुरु हुनेछ ।
राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन खेलाडीलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि १३ जना ओलम्पियन खेलाडीले देशभर टर्च पु¥याउने र बिभिन्न शहरका टर्च ¥यालीको आयोजना गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बताए ।
¥यालीमा नेपालका चर्चित ओलम्पियन बैकुण्ठ मानन्धर, दिपक बिष्ट, जीतबहानदुर केसी, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, ज्ञान बहादुर बोहोरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजु, मुकुन्दहरी श्रेष्ठ र दीपक श्रेष्ठ रहने छन् ।
नौ दिनसम्म चल्ने ¥याली सागको उद्घाटनको दिन मंसिर १५ गते अपरान्ह दशरथ रंगशालामा आएर सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण