लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार मौन
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ ।
काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ ।
तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ ।
आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । कम्पनीको अध्यक्षसमेत रहेका सचिव अर्यालले चामल कुहिएकोबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था छ । नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिवर्तन भएपछि मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था भएको हो । तर, आफू अध्यक्ष भएको कम्पनीको गोदाममा ठूलो परिमाणको चामल कुहिएर सरकारलाई लाखौं रुपैयाँ घाटा हुँदासमेत यसप्रति सचिव अर्यालले कुनै चासो दिएका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाको ६ वटा समितिले आज सभापति पाउँदै
-
ललितपुरमा चोरी गर्ने समूह पक्राउ, सुन र मोबाइल पसलका सञ्चालक पनि समातिए
-
दलीय भागबन्डाका लागि ‘चोर बाटोबाट’ विशेषाधिकार समिति गठन
-
सदन खुलाउने विषयमा सभामुखले शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्दै
-
प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन् : बाइडेन
-
‘नायक’ को सिक्वेलको तयारी भइरहेको निर्माताद्वारा पुष्टि