सागः क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग
१३औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर ३ तारिख श्रीलंकासँग खेल्ने भएको हो ।
नेपालले दोस्रो खेल डिसेम्बर ५ मा भुटान र ६ मा माल्दिभ्स र ७ तारिखमा बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा खेलाईने खेलमा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । पुरुष क्रिकेट टियु मैदान कीर्तिपुरमा हुनेछ । साग क्रिकेटमा विश्वकै पावर हाउसको रुपमा परिचित भारत र पाकिस्तानले भाग लिएका छैनन् ।
यसैगरी पोखरामा हुने साग महिला क्रिकेटको पनि खेल तालिका सार्वजनिक गरिएको छ । चार टोली सहभागी महिला क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर २ तारिख माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल ४ तारिख बंगलादेश र ६ तारिख श्रीलंकासँग खेल्नेछ ।
राउन्ड रोविन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन् । महिलामा भारत, पाकिस्तान र भुटानले भाग लिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण