बालाचतुर्दशीमा पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारवाही
यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए ।
यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो । भक्तजनको गुनासोलाई ध्यान दिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा बत्ती बाल्न आउने भक्तजनसँग शुल्क नलिन सम्बन्धित सबैलाई निर्देशन दिइएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए ।
कुनै संस्थाले भक्तजनसँग शुल्क लिएको पाइएमा कारवाही गरिने उहाँले बताउनुभयो । भक्तजनको सुविधाका लागि नेपाली सेनालगायत सुरक्षा निकाय एवं विभिन्न संस्थासँग पाल लिएर पशुपति क्षेत्रका विभिन्न स्थानमा पाल हालिएको छ । भक्तजनलाई चिसोका कारण समस्या नहोस् र बत्ती बाल्न पनि सहज भन्ने उद्देश्यले अधिकतम् पालको व्यवस्था गर्न लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले सुनाए ।
बाला चतुर्दशी पर्वका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको कोषले जनाएको छ । बेलुकीको समयमा महिला भक्तजनको सुरक्षामा विशेष ध्यान दिन लागिएको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त संयन्त्रले काम गर्ने कोषले जनाएको छ ।
यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि सादा पोसाकमा खटिनेछन् । यस वर्ष मङ्सिर ८ गते आइतबार बेलुकी वैदिक सनातन हिन्दू धर्मावलम्बीले दिवङ्गत पितृका नाममा बत्ती बाल्छन् ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्ने शास्त्रीय विधि छ । चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व सम्पन्न हुन्छ । यस अवसरमा भक्तजनले पशुपतिलगायत देशभरका शिवालयमा बत्ती बाली चतुर्दशीका दिन बिहान शत्बीज छर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण