बार्सिलोनाको कठिन जित
शनिबार, ०७ मङ्सिर २०७६, २० : १५
एजेन्सी । स्पेनिस महारथि बार्सिलोनाले ला लिगामा कठिन जित हात पारेको छ । शनिबार साँझ भएको खेलमा साविक विजेता बार्सिलोनाले रेलिगेसनको मारमा रहेको लेगानेसलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
खेलमा सुरुवाती अग्रता लेगानेसले लिएको थियो । १२औं मिनेटमा युसुफ इन नेशरीले गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा दबाबमा देखिएको बार्सिलोना दोस्रो हाफका खेलमा फर्किएको थियो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि अतुर्रो भिडालले ७९आंै मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताएका थिए । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १३ खेलबाट २८ अंक बनाएको छ । ६ अंक बनाएको लेगानेस तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण