कोहलीले बराबरी गरे पोन्टिङको शतकको किर्तिमान
एजेन्सी । विराट कोहलीले कप्तानको रुपमा रिकी पोन्टिङले बनाएको ४१ अन्तर्राष्ट्रिय शतकको किर्तिमान बराबरी गरेका छन् ।
अस्ट्रेलियाका पूर्व कप्तान पोन्टिङले करिब एक दशकमा ३२४ खेलको ३७६ इनिङबाट सो किर्तिमान बनाएका थिए । कोहलीलाई सो कोशेढुङ्गासम्म पुग्न ६ वर्षमा १६० खेलको १८८ इनिङ मात्र लाग्यो ।
कोहलीले कप्तानको रुपमा टेस्टमा बनाएको शतकको सङ्ख्यामा पनि पोन्टिङलाई उछिनेका छन् । ५३ टेस्टमा कोहलीको यो २० औँ शतक थियो । उनीभन्दा अघि मात्र ग्रेइम स्मिथ रहेका छन् । उनले १०९ टेस्टमा २५ शतक बनाएका थिए ।
कप्तान कोहलीले १ सय ३६ रन बनाएपछि भारत बङ्गलदेशबिरुद्ध दोस्रो टेस्टमा जीतको नजिक पुगेको छ ।
बङ्गलादेशले पहिलो इनिङमा बनाएको १ सय ६ रनको जवाफमा भारतले ९ विकेटको क्षतिमा ३ सय ४७ रन बनाएपछि इनिङ समाप्तीको घोषणा गरेको थियो ।
दोस्रो दिनको खेल समाप्त हुँदा बङ्गलादेशले ६ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण