बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवा पक्राउ
बुटवल । बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिलका–१ पकडीको सिसौबारीमा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार गरेको थियो ।
प्रहरीका अनुसार बलात्कार गर्ने युवाहरुले नै उक्त भिडियो सामाजिक सञ्जालमा राखेका थिए । सोही घटनाका मुख्य अभियुक्त मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले फरार कलामुद्दिन मुसलमानलाई सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यसअघि नै पक्राउ परेका थिए ।
बाँकी तीन जना फरार रहेकोमा मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण