प्रधानमन्त्री ओली फेरि अस्पतालमा
आइतबार, ०८ मङ्सिर २०७६, १७ : ११
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस् गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओली अस्पताल पुग्नुभएको र स्वास्थ्य जाँचपछि आजै बालुवाटार फर्किने बताए । यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै कात्र्तिक १४ गते हेमोडायलासिस गरिएको थियो । चिकित्सकहरुले प्रधानमनत्री ओलीलाई मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण